ABout Us page

नेपालमा वन व्यवस्थापनको औपचारिक कार्य वि.सं. १९९९ मा काठ महल अड्डाको स्थापना र सो अन्तर्गत ३ सर्कल र १२ वन जाँच अड्डाहरु राखी शुरुवात गरिएको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्रको विहानी सँगै २ सर्कल ११ डिभिजन र ४४ रेन्ज कार्यालयहरु सहित २००८ सालमा वन विभागको गठन भएको थियो । वि.सं. २०१२ सालमा वन विभागको प्रमुख चिफ फरेष्ट अफिसरको पद सृजना, वि.सं. २०१६ सालमा चिफ कन्जरभेटर अफिस अफ फरेष्टको गठन र सो अन्तर्गत २२ वटा डिभिजन कार्यालयहरु खडा गरिए । वि.सं. २०२६ सालमा केही सर्कल र डिभिजनहरुलाई खारेज गरी प्रधान वन कार्यालय तथा वन कार्यालयहरुको स्थापना र २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि पुनः संगठनमा परिवर्तन गरी प्रधान वन कार्यालय खारेज गर्नुका साथै ९ वटा सर्कल, ४० वटा वन डिभिजन र १७४ वटा रेन्ज कार्यालयहरुको स्थापना गरियो । वि.सं. २०४० सालमा विकेन्द्रिकरण प्रक्रियासँग मेल खाने गरी ५ वटा क्षेत्रिय वन निर्देशनालयहरु र आर्थिक वर्ष (आ.व.) २०४३/०४४ सम्म ७५ वटै जिल्लामा जिल्ला वन कार्यालय स्थापना गरिए । जिल्लालाई बैतडी वन डिभिजन कार्यालय अन्तर्गतका २ वटा रेन्ज कार्यालयहरु उत्तर रेन्ज र दक्षिण रेन्ज कार्यालयहरुले हेर्दै आइरहेको सन्दर्भमा जिल्ला वन कार्यालय, को स्थापना वि.सं. २०३४ सालमा भएको थियो ।
नेपालका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा जिल्ला वन कार्यालयहरुको संगठन संरचना रहेको र ती जिल्लाहरुलाई वनक्षेत्र र महत्वका आधारमा वि.सं. २०५० सालमा क देखि ङ सम्म गरी ५ वर्गमा विभाजन गरेकोमा जिल्ला (घ) वर्गमा पर्दछ । २०७० सालको सांगठनिक दरवन्दि अनुसार यस जिल्लामा १ सेक्टर वन कार्यालय र ८ वटा ई.व.का. रहेका छन् ।
नेपालमा संघियता आई देशको पुनर्संरचना भई रहेको अवस्थामा साविक जिल्ला वन कार्यालय डडेल्धुरा मिति २०७५।८।२६ गते दिन देखि डिभिजन वन कार्यालय डडेल्कोधुराको नाममा यो कार्यालय स्थापना तथा नामाकरण भई यस अन्तर्गत ८ ओटा सब-डिभिजन कार्यालय रहने गरि नियमित कार्यसम्पादन भई आएको छ ।